टिप्परको ठक्करबाट भरतपुर निवासी पाठकको मृत्यु

टिप्परको ठक्करबाट भरतपुर निवासी पाठकको मृत्यु

तनहुँ , १७ माघ

तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ८६७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार अनिता पाठकको मृत्यु भएको हो ।

दुर्घटनामा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया पाठकको मृत्यु भएको छ भने मोटरसाइकल चालक मृतकका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता लीलाराज लामिछानेले जानकारी दिए ।