संविधान कार्यान्वयनलाई काँग्रेसले ट्रयाकमा ल्याउनुप¥यो ः प्रकाशमान सिंह

चितवन, १६ पुष ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयनलाई काँग्रेसले नै ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित ‘राष्ट्रिय मेलमिलापको नीति र वीपि कोइराला’ विषयक एक दिवसिय प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको पालामा जारि भएको संविधानलाई ट्रयाकमा ल्याउन काँग्रेसले भुमिका खेल्नुपर्ने बताए ।

‘नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा काँग्रेसले ट्रयाकमा ल्याएर देखाउन सक्नुप¥यो’, उनले भने, ‘बोलेर मात्रै हुँदैन, काम गरेर देखाउन सक्नुप¥यो । एउटा स्टेटमेन्ट दिएर हुन्छ ?’ ओली सरकारले संविधानलाई तोडमोड गरिसकेको भन्दै उनले संविधान हुन्छ भनेर सोचेर बस्न नहुने बताए । संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको उनको भनाइ छ ।

‘आफ्नो पार्टीलाई व्यवस्थापन गर्न नसक्ने, विश्वासको मत लिन नसक्ने, रिस चाँहि व्यवस्थापिका संसदमा पोख्ने’, उनले भने, ‘यस्तै भयो भने नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको खेल मैदान हुने हो कि ? त्यसमा ख्याल गर्नप¥या नी ।’ ओलीले चुनाव गराउनेमा आशंका रहेको उनले बताए । काँग्रेसले संविधानलाई ट्रयाकमा ल्याउन नसके नेपालको भविष्य अन्धकारतर्फ धकेलिने उनले बताए ।