प्रेमबस्ती दुग्धले मनायो बार्षिकोत्सव, निर्माणाधीन भवनलाई बजेट अभाव

प्रेमबस्ती दुग्धले मनायो बार्षिकोत्सव, निर्माणाधीन भवनलाई बजेट अभाव

चितवन, १६ पुष ।
भरतपुर–७ स्थित प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाले २०औँ बार्षिकोत्सव तथा २१औँ साधारण सभा मनाएको छ । साधारण सभामा संस्थाको योजनाहरु प्रस्तुत गर्दै सहकारीका अध्यक्ष केशव पण्डितले संस्थाले आफ्नै भवन र गाई फार्म निर्माण हुन लागेको जानकारी दिए ।

भवनको लागि बजेट अभाव भएको छ । अनुमानित एक करोड लगातमा निर्माण भइरहेको भवनमा हालसम्म ५० लाख रुपैयाँ खर्च भइसकेको छ । भवन निर्माणका लागि भरतपुर महानगरपालिकाले १० लाख रुपैयाँ दिने भएको छ । भवनको तल्लो भवन निर्माणमा नै ४४ लाख रुपैयाँ खर्च भइसकेको पण्डितले बताए । क्रमागत बजेटबाट भवनको लागि बजेट छुट्याइदिन उनले महानगरलाई आग्रह गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले महानगरले कृषि क्षेत्रको विकासका लागि योजनाहरु निर्माण गरिरहेको र बजेटको पनि व्यवस्था गर्ने बताए । व्यवसायिक पशु पालन दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् सहकारीका उपाध्यक्ष आनन्द न्युरले सहकारीलाई एनलाईज मेशिन अभाव भएको बताए । सहकारीले नमुना गाई फार्म निर्माण गर्न लागेको पनि उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले कृषि क्षेत्रसँग सम्बन्धि सहकारीको प्रबद्र्धनका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।