चितवनको एक दालमोट उद्योगमा आगलागी

चितवनको एक दालमोट उद्योगमा आगलागी

चितवन , १८ चैत्र
चितवनको भरतपुर महानगरपालिका वडा न ४ स्थित एक दालमोट उद्योगमा लागलागी भएको छ । भरतपुर ४ लंकु धारापानी स्थित शरष फुड इन्डस्टि्रजमा आज बिहान करिब ५.४५ तिर आगलागी भएको स्थानीयले बताएका छन् ।

दमकल ,प्रहरी ,नेपाली सेना र सशस्त्रको टोलिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । भरतपुर महानगरपालिकाको दुईवटा , खैरहनी नगरपालिकाको एउटा , कावासोतीको एउटा , नेपाली सेनाको एउटा दममल गरि ५ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

तस्बिर : फाइल फोटो