कोरोना महामारी: ३७ हजार भन्दा बढिको मृत्यु,स्पेनमा एकैदिन ९ सय १३ को मृत्यु

एजेन्सी,१८ चैत्र ।

कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाईरहेको छ । यस भाइरसबाट विश्वभरमा ७ लाख ८४ हजार ३ सय ८१ जना संक्रमित छन् भने ३७ हजार ७ सय ८० जनाको ज्यान गएको छ ।

यस भाइरसबाट १ लाख ६५ हजार ३५ जना भने निको भएका छन् । अमेरिकामा १ लाख ६३ हजार ४ सय ५९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

इटालीमा यस भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ भने १ लाख १ हजार ७ सय ३९ जनामा संक्रमण फैलिएको छ । चीनमा ८१ हजार ४ सय ७० जनामा कोरोनाको संक्रमण रहँदा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।

स्पेनमा यस भाइरसबाट ७ हजार ७ सय १६ जनाको ज्यान गएको छ भने ८७ हजार ९ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको छ । भारतमा १ हजार २ सय ५१ जनामा कोरोनाले संक्रमण गराएको छ भने ३२ जनाको यस भाइरसका कारण मृत्यु भएको छ ।