बाँकेमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

बाँकेमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

बाँके,१८ चेत्र ।

बाँकेमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मंगलवार बिहानको समयमा कोहलपुर नगरपालिका ११ न्यूरोडबाट विरामी बोकेर नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८३४ नम्बरको एम्बुलेन्स र विपरित दिशातर्फ जादैँ गरेको से १ प ४८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोभा केसीको मृत्यु भएको छ ।

त्यस्तै एम्बुलेन्स चालक रामकुमार थारुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदीप चन्दले जानकारी दिए ।