फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, कूल संक्रमित ४४,४५०

फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, कूल संक्रमित ४४,४५०

काठमाडौं,१८ चैत्र ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण फ्रान्समा फैलँदै गएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ। पछिल्लो २४ घन्टाभित्र फ्रान्समा कोरोना महामारीले २ सय ९२ जनाको ज्यान लिएको फ्रान्सको स्वास्थ्य विभागका महानिर्देशक जेरोम सालोमनले बताएका छन्।

हालसम्म फ्रान्समा यो महामारीले ३ हजार २ ४ जनाको ज्यान लिइसकेको छ।

फ्रान्समा फेब्रुअरी १५ मा कोरोना संक्रमणको पहिलो बिरामी भेटिएको थियो। त्यससता यो संख्या बढ्दै गएको छ। फेब्रुअरी १५ देखि मार्चसम्म १० उही दरमा फैलँदै गएको संक्रमण त्यससता अकासिँदै गएको डब्लुएचओेले जनाएको छ।

मार्च ११ यता भने फ्रान्सभरि नै यो संक्रमण तीव्र रुपमा फैलिएको हो। अहिलेसम्म फ्रान्समा ४४ हजार ५ सय ५० मा संक्रमण देखिएकोमा ७ हजार ९ सय २७ जना भने निको भएका छन्। पछिल्लो समय फ्रान्समा नयाँ बिरामी संक्रमण दर ६ दशमलव ९ प्रतिशत रहेको छ।