
दाङ,१८ चैत ।
कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं।१६ गणेपुरकी २० वर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो ।
उक्त घटनासँगै आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।