बीरेन्द्रनगर रेडक्रसको पुण्यकाम – पैदलयात्रीलाई खाजा,मा क्स

बीरेन्द्रनगर रेडक्रसको पुण्यकाम – पैदलयात्रीलाई खाजा,मा क्स

चैत १८ गते । सरकारले लकडाउनको समय लम्वाएपछि मजदुरहरु धमाधम घर फर्किरहेका छन् । सार्वजनिक यातायात नचलेपछि मजदुरहरु हिडेरै गन्तव्य तर्फ लागिरहेको दृश्य धेरैनै देख्न सकिन्छ । पूर्व पश्चिम राजमार्ग भएर यात्रारत पैदलयात्रुलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाईटी बीरेन्द्रनगर उपशाखाले खाजा,पानीको व्यवस्था गरेको छ । सोसाईटीले बाटोमानै उनीहरुका लागि निशुल्क खाजापानीको व्यवस्था मिलाएको हो । साथै त्यस्ता व्यक्तीहरुलाई माक्स,सेनिटाईजर समेत निशुल्क वितरण गरिएको सोसाईटीका अध्यक्ष गोपाल सेढाईले वताए । बीरेन्द्रनगर स्थित अधिकारी मेडिकल हल अगाडी सडकको छेउबाट दिईएको सेवामा मंगलवार करिव १०० जनाले सेवा पाएको उपाध्यक्ष डिल्लीराम अधिकारीले वताए ।