माडीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

चितवन वैशाख १८-

चितवनमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  माडी नगरपालिकाको -८ शान्तिपुर बस्ने ४५ वर्षिय नवराज ढकालको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।

शुक्रबार साझ ६ः३० बजेको समयमा बारीमा घाँस काटिरहेकोअवस्थामा एक्कासी जंगली बँदेलले आक्रमण गर्दा ढकालको घटनास्थालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।