आजको मौसम: केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना
प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८ | ८:४३:१६
काठमाडौँ, वैशाख १८-
मौसम पूर्वानुमान महाशाखाले आज पहाडी तथा तराई भू(भागका केहि स्थानमा क्षणिक वर्षा हुन सक्ने जनाएको छ । आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । हाल देशभर बदली रही बागमती तथा गण्डकीलगायत प्रदेशका केही स्थानमा स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
भोलि प्रदेश १, प्रदेश २ तथा अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा क्षणिक वर्षा हुन सक्ने छ ।
सोमबार देशभर बदली रही केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८ |
८:४३:१६
441