दुर्घटनाका घाइतेको हवाई उद्धार
प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८ | १६:१३:२६
गलकोट, १८ वैशाख ।
बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।
घाइते पौडेलको बायाँ हातको बूढी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुन सक्ने भन्दै काठमाडौँ पठाइएको हो । उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८ |
१६:१३:२६
419