प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार घिमिरेलाई कोरोना पुष्टि

काठमाडौं, १८ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेलाई कोरोना पुष्टि भएको हो ।

शुक्रबारदेखि ज्वरो आएपछि उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ नतिजा देखिएको हो ।

अहिले उनको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।