चितवनमा कयर खोलाको पानी पूर्वपश्चिम राजमार्गबाट बग्न शुरु
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | ८:३५:४१ 0 minutes
चितवन, १७ असार ।
बुधबार रातिदेखि निरन्तर परेको पानीको कारण चितवनको विभिन्न स्थानमा बाढी तथा पहिरो गएका छन् ।
अविरल वर्षाकै कारण चितवनको रत्ननगर–३ स्थित शान्तिचोकमा कयर खोलाको पानी पूर्वपश्चिम राजमार्गबाट बगेको छ । कयर खोलामा बाढी आउँदा खोलाको पानी राजमार्गबाट बगेको हो । कयर खोलामा बाढी आएपछि राजमार्ग हुँदै बगेको खोलाको पानीले स्थानीयवासीको घरसमेत डुबाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
८:३५:४१
221