मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १०:३०:२५
दमौली, १७ असार
अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । (रासस)
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१०:३०:२५
155