चितवनमा चट्याङ लागेर एक महिला घाइते
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १२:४२:०५ 1 minute
चितवन, १७ असार।
चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ः३५ बजे श्रेष्ठलाई चट्याङ लागेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।रासस
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१२:४२:०५
155