प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं , १७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रत्रिपरिषद बैठक बोलाउनु भएको छ । विभिन्न रिक्त पदहरुमा नियुक्तिका लागि उहाँले मन्त्रिपरिषद बैठक बोलाउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
बालुवाटारमा बस्ने बैठकले ४ रिक्त पदहरुमा सचिव नियुक्त गर्ने छ । यसअघि नै ४ स्थानमा रिक्त सचिवको पद पूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरिसकेको थियो ।
जसमा आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको थियो । आजको मन्त्रिपरिगषद बैठकले उनीहरुबाटै सचिव नियुक्ति गर्ने छ ।
त्यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । जसबाट एक जजा सचिव बन्ने छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस छन् ।
यस समूहबाट पनि एकजना सचिव सिफारिस हुने भएका छन् । त्यस्तै प्रशासन सेवाबाट उता प्रशासनका लागि पनि एक सचिव बन्नेछन् । जसमा डा.दामोदर रेग्मी एक मात्रै दावेदार हुन् । उनी स्वत: सचिव बन्ने होडमा छन् ।