नेपालमा कोरोना : २,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु, ४ हजार १७ संक्रमणमुक्त
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १६:५४:३४ 0 minutes
काठमाडौं, १७ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार १४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१६:५४:३४
199