चितवनमा पहिरोले पुरिएर एक जनाकाे मृत्यु
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १७:१९:१८
चितवन,१७ असार ।
चितवनको कालिका नगरपालिकामा पहिरोले पुरिएर एक चेपाङ्ग पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ११ दानेटारका अन्दाजी ५२ वर्षीय ज्ञानबहादुर चेपाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ बजे आफ्नो घरबाट आफन्तको घरतर्फ जाने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले उनलाई पुरेको थियो ।
खोज तलासको क्रममा पहिरोले बगाएको स्थानमाभन्दा केही तल घैयाबारी भन्ने स्थानको खोलाको छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१७:१९:१८
155