नारायणगढ मुग्लिङ सडकखण्डको चौध किलोमा ढुङ्गा खसेर सडक नै चर्कियो, सवारी एकतर्फी
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | २२:२७:३५ 0 minutes
सुजन पण्डित । चितवन ,१७ असार।
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चौध किलोमा ठूलो ढुङ्गा खसेको छ । आज बेलुका करिव ७ बजेतिर ठूलो ढुङ्गा खसेर सडक एकतर्फी अबरुद्ध भएको छ । ढुङ्गा खस्दा सडक नै चर्किएको छ । ढुङ्गा ठूलो भएकोले रातीमा हटाउने संभावना नभएकोले उक्त स्थानमा सडक एकतर्फी मात्रै सुचारु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
२२:२७:३५
199