कर्णालीमा एमालेका तीन सांसद एकीकृत समाजवादीमा

Desk
  |   
प्रकाशित मिति: भाद्र १६, २०७८
187 Shares

काठमाडौं,१६ भदौ ।  कर्णाली प्रदेशमा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभा सदस्यहरु चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओलीले नेकपा (एकीकृत समाजवादी) छनोट गरेका छन् ।

अहिले प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि निर्वाचन कार्यालय पुगेको शाहीले जानकारी दिए । अब ३–४ जना सांसदले (एकीकृत समाजवादी) रोज्ने उनको दाबी छ ।

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका थिए । उनीहरु हाल पद मुक्त छन् । तथापी उनीहरु (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन् ।

Desk
प्रकाशित मिति: भाद्र १६, २०७८
187 Shares
Footer ads