चितवनमा मुर्ति चोरिमा संलग्न वडा सदस्य पक्राउ

चितवनमा मुर्ति चोरिमा संलग्न वडा सदस्य पक्राउ

पुस १८ गते ।
चितवनको रत्ननगरबाट मुर्ति चोरिमा संलग्न वडा सदस्यसहित ३ जना पक्राउ परेका छन् । २७ किलो मुर्ति चोरिमा संलग्न रत्ननगर नगरपालिका १२ का ठुलोकान्छा तामाङ सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका वडा सदस्यसहित रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ रोजबहादुर योन्जनलाइ शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
बागमती प्रदेश प्रहरि कार्यालय र ईलाका प्रहरी कार्यालय टांडिले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाइ राखेको अवस्थामा मुर्ति बरामद भएको ईलाका प्रहरी कार्यालय टांडिका प्रहरी नायब उपरीक्षक रबिन कार्किले बताए ।
अन्दाजी १०० बर्ष पुरानो पुरातात्त्विक महत्त्वको पित्तलको बुद्धको मुर्ति बरामद भएको कार्किले बताए । उनिहरुलाइ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । कानुन अनुसार उनिहरु दोसि ठहर भए ५ देखि १५ बर्ष सम्म कैद हुन सक्ने कानुनी ब्यबस्था रहेको ईलाका प्रहरी कार्यालय टांडिका प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।