हाेबार्टबाट ब्याटिङ गर्दै सन्दीप

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् । अष्ट्रेलियामा जारि बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धकाे खेलमार्फत सन्दीपले हाेबार्टकाे लागि पहिलाे खेल खेल्दैछन् । पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध सन्दीप हाेबार्टकाे सुरुवाती-११ मा परेका छन् ।

सन्दीपले यसअघि स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए । यस सिजन नयाँ टिम हुरीकेन्समा आबद्ध सन्दीपले ६ खेल गुमाएका थिए ।

अष्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिन बसेको कारण सन्दीपले सुरुवाती खेल गुमाएका हुन् ।