हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०७, २०७७ | १६:०५:४८
काठमाडौं,७ फागुन ।
निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।
संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएका छन् । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत दिएको छ ।
कम्पनीहरूले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका छन् । बढेको भाडा भोलि शुक्रबारदेखि लागू हुनेछ ।
आयल निगमले मंगलबार पेट्रोल र डिजेलसँगै हवाई इन्धनको पनि मूल्य बढाएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०७, २०७७ |
१६:०५:४८
3191