चितवन केरा उत्पादक संघद्वारा चितवनका एसपीलाई स्वागत
चितवन ,७ फाल्गुन ।
चितवन केरा उत्पादक संघले चितवनमा आएका नयाँ प्रहरी प्रमुखलाई आज स्वागत सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक ओम अधिकारीलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको हो । एसपीसंगै संघले रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलाईसमेत स्वागत सम्मान गरेको छ। स्वागत कार्यक्रममा किसानहरुले शान्ती सुरक्षा मजबुत बनाउन आग्रह गरे । केरा बगानमा लागुऔषध प्रयोगकर्ता आउने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न किसानहरुले एसपी अधिकारीलाई आग्रह गरे । त्यस्तै केरा ढुवानीको क्रममा केही असहजता भएको भन्दै त्यसको सहजीकरण गर्न ध्यानाकर्षण गराएका छन् । कार्यक्रम बोल्दै एसपी अधिकारीले किसानहरुको माग बमोजिम केरा बगान क्षेत्रमा गस्ती बढाउने प्रतिबद्धता व्यक्त गर्नुको साथै केरा ढुवानी को क्रममा समेत केहि सहजीकरण गर्ने बताए । उनले समाजमा गरिखाने र ठगीखाने वर्ग रहेको र किसान जस्ता गरिखाने वर्गलाई प्रहरीले सधै संरक्षण गर्ने बताए । उनले ठगीखाने बर्गलाई प्रहरीले निस्तेज पार्ने बताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले आफू सधै किसाको साथमा रहेको भन्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । चितवन केरा उत्पादन संघका अध्यक्ष माधव घिमिरेको अध्यक्षतामा भएको उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ ,केरा उत्पादन संघका पुर्व अध्यक्ष बिष्णुहररि पन्त ,वरिष्ठ उपाध्यक्ष फणीन्द्र लामिछाने लगायतले मन्तव्य राखेका थिए ।