३ महिने छोराको हत्या गर्ने बाबु पक्राउ

बैतडी,१८ फागुन ।

तीन महिने छोराको हत्या गरेको अभियोगमा पञ्‍चेश्‍वर गाउँपालिका(५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा उनलाई मंगलबार प्रहरीले पक्राउ गरिएको हो ।

राजले आफ्नै घरमा लछारपछार गरी कुटपिट गर्दा घटनास्थलमै बालकको मृत्यु भएको हो । उनले आफ्ना बुबा ७० वर्षीय मन्धिरलाई समेत कुटपिट गरी घाइते बनाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कुटपिटबाट घाइते भएका मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।