ताप्लेजुङको आगलागीप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १८ फागुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो एक वक्तव्य जारी गर्दै आगलागीबाट प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनस्र्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छिन् ।