पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किए

काठमाडौं ,१८ फागुन ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् ।

गत ९ फागुनमा नयाँ दिल्ली गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन् ।

भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । ट्युमरलाई भने दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाब चिकित्सकको छ । भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।