आज बागमती, गण्डकी लगायतका प्रदेशका पहाडी भू-भागमा वर्षा हुने

काठमाडौं वैशाख १९-

मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकीलगायतका प्रदेशका पहाडी भू(भागमा वर्षा हुने जानकारी दिएको छ । देशभरका पहाडी भू(भागमा बदली हुने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर पहाडी भू(भागमा बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू(भागका केही स्थानमा वर्षा भइरहेको छ ।

भोलि देशभर बदली भइ प्रदेश १, प्रदेश २ र बागमती प्रदेशलगायतका पहाडी भू(भागका केही स्थानमा वर्षाको हुने सम्भावना छ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू(भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।