आज भरतपुरमा पाँच घण्टा विधुत अवरुद्ध हुने

चितवन वैशाख १९-

आज भरतपुरमा पाँच घण्टा विधुत अवररुद्ध हुने भएको छ । नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार विहान ९ बजेदेखि दिउसोको दुई बजेसम्म विधुत अवरुद्ध हुने भएको हो । वितरण केन्द्रले जारी गरेको सुचनामा भरतपुरको केन्द्रिय टर्मिनल बसपार्कदेखि गोन्द्रांगसम्मको ६ लेन सडक विस्तारको लागि विधुत संरचना सार्नको लागि आसपासको क्षेत्रमा विधुत कटौती गरिएको हो ।