प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८ | ९:०५:१९
काठमाडौं वैशाख१९ –
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख १९, २०७८ |
९:०५:१९
375