प्रदेश सांसद वली माओवादीमा प्रवेश ,गुम्यो मुख्यमन्त्री पोखरेलको बहुमत ?
प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८ | १४:४९:२३
काठमाडौं,१९ वैशाख ।
लुम्बिनी प्रदेशको एमाले सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
तत्कालिन नेकपाबाट निर्वाचित सांसद वली पार्टी अलग अलग भइसकेपछि आफू माओवादी केन्द्रमा रही काम गर्न चाहेको बताउँदै माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
त्यससँगै मुख्यमन्त्री शंकर पोखरेललाई सरकार गठनका लागि बहुमत गुम्ने खतरा देखिएको छ ।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै केन्द्रको राजनीति समेत तातेको छ । यसैबीच एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । बैठकमा लुम्बिनी प्रदेशको बारेमा नै छलफल भएको बताइएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १९, २०७८ |
१४:४९:२३
441