लुम्बिनीमा एमालेका ३ सांसदले दिए राजीनामा
प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८ | १६:५२:५४
बुटवल, १९ वैशाख ।
लुम्बिनी प्रदेशका तीन जना एमाले प्रदेश सांसदले राजीनामा दिएका छन्।
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त भएपछि असन्तुष्ट बनेका एमाले प्रदेश सांसद दुगनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले पदबाट राजीनामा दिएका हुन्।
पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क), श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ (ख) र शाही नवलपरासी पश्चिमबाट निर्वाचित भएका थिए । उनीहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख १९, २०७८ |
१६:५२:५४
331