नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ १८, २०७८ | ९:४६:०४
चितवन,असार १८ ।
नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिका कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी, ट्राफिका परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने ट्राफिका कार्यालयका प्रमुख भगवान राज थापाले समाबेसी खबरलाई जानकरी दिए । बिहीबार पनि सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १८, २०७८ |
९:४६:०४
221