अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा
प्रकाशित मिति: शुक्रबार, आषाढ १८, २०७८ | १७:२४:०१ 0 minutes
दमौली, १८ असार ।
पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।
भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो । धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,” उहाँले भन्नुभयो, “सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।”रासस
प्रकाशित मिति : शुक्रबार, आषाढ १८, २०७८ |
१७:२४:०१
133