महिला जनप्रतिनिधीलाई नेतृत्व विकास तालिम

पुष १९ गते ।
खैरहनी नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधीका लागि नेतृत्व तथा क्षमता विकास तालिम आज आईतवारदेखी सुरु गरेको छ । नगरपालिकाको महिला तथा वालवालिका शाखाको वार्षिक कार्यक्रम अन्र्तगत पाँच दिने तालिम आयोजना गरिएको हो । तालिमको नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरे । सो अवसरमा मेयर चौधरीले जनप्रतिनिधीले लोभ,मोह र पापबाट मुक्त भएर काम गर्न सके असर नेतृत्वकर्ता वन्न सक्ने वताए । साथै जनप्रतिनिधी भईसकेपछि सवैलाई समान व्यवहार गर्नु पर्ने समेत उनले औल्याए । समय सन्र्दभ अनुसार जनप्रतिनिधी चल्न सक्नु पर्छ मेयर चौधरीले भने – नेतृत्व कला भएकाले असर व्यहारले सक्षम वनाउन मद्यत गर्छ । मेयर चौधरीले वडा अध्यक्ष,मेयर ,उपमेयर हुन सक्ने गरि आफुलाई सक्षम वनाउन आग्रह गरे । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले संघसंस्था,संगठन सफल पार्न कुशल नेतृत्व आवश्यक पर्ने वताए । उद्घाटन कार्यक्रममा नगरपालिका प्रवक्ता रामशरण पाण्डे,सामाजिक विकास समिति संयोजक मनेजर महतो लगायतको उपस्थिति थियो । तालिमको पहिलो दिन महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ र उपप्रमुख विमला रानाभाटले सहजीकरण गरेका छन् । एक जना महिला वडाध्यक्ष,सात जना कार्यपालिका सदस्य र १३ वटा वडाका महिला सदस्यहरुको तालिममा सहभागीता रहेको छ ।