सुनिल र मेलिनाको रोमान्स दिउँला मायामा
चितवन पुष १९ –
युवा तथा चक्लेटी गायकको रुपमा चिनिदै आएका सुनिल गिरीको ”दिउँला माया तिमीलाई’ गीत सार्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो । यस अघि पनि थुप्रै हिट गीत निकाली सकेका गिरीको यो गीत पनि निकै नै रोमान्टिक र प्रेम कथाले बनेको छ ।
सुनिलले आँफैले बताएका छन “अहिलेको युवा युवतिले यो गीत निकैनै रुचाएका छन” । यो समाचार तयारपार्दासम्म युटुबको ट्रेण्डिगं ११ मा रहेको छ भने उत्त गीत अहिले सम्म ५,८८,२६० जनाले हेरी सकेको देखिन्छ । चिसोको लहर बडे सँगै सुनल र उर्मिलाको जोढीले निकैनै सिरेटो र प्रष्ट सेताम्मे हिमाल खुलेको देखिन्छन । उत्त गीतको छायांकन दमौली बजार र मानहुँकोट तनहुँमा गरिएको छ ।
सुनिलको निर्देशनमा गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । यो गीतमा कृष्ण विकको एरेन्ज रहेको छ । विवेक विकको छायांकन र सम्पादन र कलरिङ रहेको छ ।