नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
प्रकाशित मिति: शनिबार, चैत्र २१, २०७७ | १५:४७:५८
चितवन, २१ चैत ।
सत्तारुढ दल नेकपा एमालेका नेताहरु माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । आज दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।
पार्टीका एक नेताले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे आजको बैठकबाट निर्णय हुने बताए । नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।
त्यसयता यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
प्रकाशित मिति : शनिबार, चैत्र २१, २०७७ |
१५:४७:५८
793