राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह
प्रकाशित मिति: सोमबार, बैशाख २०, २०७८ | १४:१९:४०
काठमाडौँ, २० वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ । रासस
प्रकाशित मिति : सोमबार, बैशाख २०, २०७८ |
१४:१९:४०
859