गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त

काठमाडौँ, २० वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुलाई आजै शपथ गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।