विश्वकप छनोट: नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै

काठमाडौँ २० जेठ ।

कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जोगाउने प्रयासमा हुने छ ।

विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाली तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न चाहन्छ ।

तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि सहजचाहिँ हुने छैन । प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आजको खेलामा जित निकाल्ने विश्वास व्यक्त गरे । ‘हामी एएफसी एसियाली कप क्वालिफायरको अवसरका लागि चौथो स्थान पाउन चाहन्छौँ र त्यसका लागि हामीले आज खेलमा जित्न निकाल्नै पर्नेछु, उनले भने ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसममा अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपाल बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्ग हुँदै कुवेत पुगेको थियो ।

चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेइका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।