मुग्लिन नारायणगढ सडक एकतर्फी सञ्चालनमा
प्रकाशित मिति: शनिबार, आषाढ १९, २०७८ | ९:५१:०८
चितवन, १९ असार ।
मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरो हटाएर एकतर्फीरुपमा सवारीसाधन सञ्चालन गरिएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण सो सडकमा पहिरो खस्दा दिनहुँ सडक अवरुद्ध हुने गरेको छ ।
सडक खण्डअन्तर्गते चारकिलो, पाँचकिलो, सेती दोभान, घोप्टेभीर र कुरिनटारमा खसेको पहिरो हटाएर आज बिहान ९ः१० बजेबाट एकतर्फी सवारीसाधन सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ । चालकले हतार नगरी आफ्नो लेनमा बसेर ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरी र प्रहरीको ट्राफिक संकेतको पालना गरी सवारीसाधन सञ्चालन गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ १९, २०७८ |
९:५१:०८
221