सौराहामा एक पुरुषको शव फेला
प्रकाशित मिति: शनिबार, आषाढ १९, २०७८ | ११:४३:३१ 0 minutes
चितवन , १९ असार।
चितवनको सौराहामा एक पुरुषको शव फेला परेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ स्थित सपना भिलेज नजिकै आज बिहान एक पुरुषको शव फेला परेको हो । अन्दाजी बर्ष ४० को पुरुषको शव खेतमा भेटिएको वडा नम्बर ७ का वडा अध्यक्ष राजन भट्टले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ १९, २०७८ |
११:४३:३१
177