लायन्स क्लब अफ नारायणगढ बालकुमारीको पद हस्तान्तरण
चितवन, १९ असार ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीको वर्ष २०२०–२०२१ को कार्यसमितिले वर्ष २०२१–२०२२ का नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । आज भरतपुरमा बसेको क्लबको आन्तरिक पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२०–२१ का अध्यक्ष इन्जिनियर हरिराम पौडेलले वर्ष २०२१–२०२२ का अध्यक्ष ध्रुवप्रसाद पौडेललाई पद हस्तान्तरण गर्नुभयो ।
विश्व नै कोभिड–१९को महामारीले आक्रान्त भएको यस विषम परिस्थितिमा क्लबले औपचारिक रुपमा पद हस्तान्तरण गर्न असमर्थ भएको र कार्यकाल जुलाईबाट परिवर्तन गर्नुपर्ने नियमलाई मध्यनजर गर्दै २०२१–२०२२ का अध्यक्ष ध्रुवप्रसाद पौडेललाई अनौपचारिक तथा आन्तरिकरुपमा नै पद हस्तान्तरण गरिएको क्लबका सचिव शेरबहादुर पौडेलले जानकारी दिए । क्लबका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ बी २ का एरिया नं. ३ का चिफ एरिया कोअर्डिनेटर बालगोपाल चुके प्रमुख अतिथि रहेको कार्यक्रम क्लबका सचिव शेर बहादुर पौडेलले सञ्चालन गरेका थिए ।
पूर्व अध्यक्ष ईन्जिनियर ईश्वरकुमार राजभण्डारीले क्लबको वर्ष २०२१–२०२२ को कार्यसमितिलाई प्रतिबद्धता तथा स्वागत सहित परिचय गराएका थिए । वर्ष २०२१–२०२२ को कार्यसमितिका अध्यक्षमा ध्रुवप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ईन्जिनियर हरिराम पौडेल, प्रथम उपाध्यक्ष शंकर आचार्य, द्वितीय उपाध्यक्ष रामजी थापा र तृतीय उपाध्यक्ष कृष्णकुमार तामाङ रहेका छन् ।
क्लबको सचिवमा शेरबहादुर पौडेल, सहसचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा शिव श्रेष्ठ, सहकोषाध्यक्षमा अशोक न्यौपाने रहेका छन् । क्लबले ४ जना डाईरेक्टर र अन्य पदाधिकारीहरु चयन गरेको छ ।