मुग्लिन नारायणगढ सडक फेरि अवरुद्ध : सेती दोभानमा खस्यो पहिरो
प्रकाशित मिति: शनिबार, आषाढ १९, २०७८ | २२:४६:५८
Warning: Undefined variable $post in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 917
Warning: Attempt to read property "ID" on null in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 917
0 minutes

चितवन, १९ असार ।
मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर–२९ को सेती दोभानमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज राति १०ः२५ बजे माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
रातिको समयमा पहिरो खसेका कारण पहिरो हटाएर सवारीसाधन सञ्चालन गराउने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । भोलि बिहानैबाट पहिरो हटाउने काम शुरु गरिने थापाले बताए । यसअघि पनि सेती दोभान, घोप्टे भीर, चारकिलो, पाँचकिलो लगायतका स्थानमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको थियो ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानैदेखि पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ १९, २०७८ |
२२:४६:५८
331