भीम सार्कीको अर्धशतक
प्रकाशित मिति: सोमबार, फाल्गुण २२, २०७९ | १५:१८:५५
काठमाडौं, २२ फागुन । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् । ९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए । कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन् । राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो । टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभरको समाप्तिमा आठ विकेट गुमाएर २०४ रन जोडेको छ । नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २२, २०७९ |
१५:१८:५५
5831