ओलीले अनेक बाहानाले संसद बिघट्न भएको नेता योगेश भट्टराईको आरोप

चितवन,२० पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अनेक बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड नेपाल समुहले आज (सोमबार) चितवनको भरतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

उनले पार्टीको बैठकमा सहभागी नहुने ओली गुटको बैठकमा भने सक्रिय हुने गरेको आरोप समेत लगाएका छन् । “बैठक छ भनेपछि उहाँ आज म बिरामी छु भनेर सिरक ओढेर सुत्नु हुन्छ, उहाँको स्वास्थ्य कारण बैठक स्थगित गरेर बालुवाटारबाट हिड्छौ हामी अनी ५ मिनेटपछि गुटको बैठक गर्नुहुन्छ उनले भने, पार्टीको बैठकमा बिरामी हुने उहाँ गुटको बैठकमा एकदम सक्रिय हुनुहुन्छ।”

यस्तै उनले संसदीय दल, पार्टी स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटीमा सल्लाह नै नगरी ओलीले संसद विघटनको प्रस्ताव ल्याएको आरोप पनि लगाएका छन् । “२०५१ सालमा संसदमा निती कार्यक्रम असफल भएपछि गिरिजाप्रसाद कोइरालाले संसदीय दलको बैठक बोलाएर म संसद बिघट्न गर्छु भनेर बिघटन गर्नुभयो उनले भने, आज केपी ओलीका लागि त्यस्तो भयो तरु उहाँ निती कार्यक्रम फेल भयो त रु संसदीय दलमा सोध्नु भयो, पार्टी स्थायी कमिटीमा सोध्नु भयो र पार्टी केन्द्रीय कमिटीमा सोध्नु भयो र कही सोध्नुभएन ।”