१७ वर्षीया किशोरीलाई बलात्कार गर्ने बुढाथोकी पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण २०, २०७७ | १३:१७:१०
काठमाडौं,२० फागुन ।
कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २०, २०७७ |
१३:१७:१०
2575