भरतपुरका बज्राचार्य एक हप्तादेखि सम्पर्कविहीन
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०७७ | १२:१२:२९
भरतपुर–२ क्षेत्रपुर निवासी ४० वर्षीया सिजन बज्राचार्य सम्पर्कविहीन भएपछि उनको परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । यही चैत १३ गते शुक्रबार दिउँसो करिब १२ बजेदेखि परिवारको सम्पर्कमा नआएकोले जहाँ भए पनि घर फर्किदिन पनि परिवारले आग्रह गरेको हो । सिजनको घरमा दुई महिनाको छोरा र सात वर्षकी छोरी छन् ।
घरपरिवारसँग कुनै खालको समस्या नहुँदा पनि एक्कासि सम्पर्कविहीन भइदिँदा परिवारमा थप पीडा भएको श्रीमती सविना गुभाजुले बताइन् । करिब २० वर्षदेखि नारायणगढको सहिदचोकमा भक्तपुरे नेवारी खाजाघर नामको होटल सञ्चालन गर्दै आएका सिजनको परिवारले यतिका समयसम्म सबै ठाउँमा खोजी गरे पनि सम्पर्कमा ल्याउन नसकेको हुँदा सञ्चारमाध्यममार्फत खोजी गरिदिन आग्रह गरेकी हुन् ।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०७७ |
१२:१२:२९
243