बढी मूल्यमा रेम्डिसिभिर औषधि बेचेमा कारबाही
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७८ | ७:२९:००
काठमाडौँ वैशाख २१-
औषधि व्यवस्था विभागले कोभिड– १९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारबाही गर्ने भएको छ ।विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने जनाएका छन् ।
भट्टराईले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।
विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्नरनगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।
अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब पाँच हजार पर्छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २१, २०७८ |
७:२९:००
441